वडा अध्यक्षमा एमालेको दोहोरो शतक, कसको कति ?
शुक्रबार, ०५ जेठ २०७४, २१ : १३
काठमाडौं, जेठ ५– पहिलो चरणमा वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको तीन प्रदेशको निर्वाचनमा अहिलेसम्म २ सय ४७ स्थानको नतिजा आएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले सबैभन्दा स्थानीय तहको प्रमुख जितेको छ । एमालेले अहिलेसम्म एक सय एक वटा स्थानीय तहमा प्रमुखसहित जितेको छ भने अझै १४ स्थानमा आफ्नो अग्रता कायम राखेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ९५ स्थानीय तह जितेको छ भने १३ स्थानमा अगाडि छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४५ स्थानीय तहमा जित हात पारी स्थानीय तहमा पनि तेस्रो पोजिशनमै रहेको छ ।
२ सय ४७ स्थानीय तहको परिणाम आउँदा स्थानीय तहको प्रमुखमा शतकीय प्रहार गरेको एमालेले वडा अध्यक्षमा दोहोरो शतक पार गरेको छ । एमालेले अहिलेसम्म २ सय वडाध्यक्ष जित्दा नेपाली काँग्रेसले १ सय ७५ वडाअध्यक्ष जितेको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ७ वटा वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ११, नेपाल मजदुर किसान पार्टीले १०, नयाँ शक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २ तथा स्वतन्त्र उम्मेदवारले ४ वटा वडामा अध्यक्ष जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण