शान्तिप्रियलाई राष्ट्रिय सम्मान: खड्कालाई पुरस्कार र सापकोटालाई कलाकारिता सम्मान
शुक्रबार, ०५ जेठ २०७४, २१ : २७
काठमाडौं, जेठ ५ – चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यसवर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ ।
चलचित्र पत्रकारीतामा लामो समय योगदान दिनूभएका एकजना चलचित्र पत्रकारलाई नगद ११ हजार १ सय ११ राशि सहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको छ । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ मकवापनुरका अध्यक्ष मणिराज गौतमले बताउनुभयो ।
संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । संघले यसअघि पत्रकार रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम दहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । यसवर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताउनुभयो ।
आगामी जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिबसको अवसर परेर वरिष्ठ पत्रकार शान्तिप्रिय, पत्रकार खड्का र कलाकार सापकोटालाई सम्मान गर्न लागिएको हो । खड्कालाई नगद ५ हजार रुपैयाँ राशिले दोसल्ला ओडाएर पुरस्कार प्रदान गरिने छ भने कलाकार सापकोटालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीने गौतमले बताउनुभयो । हेटौडा ५ मा रहेको रिगल रिसोर्टमा भब्य समारोहको विच सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।
पत्रकार खड्का टिम
टेलिभिजनमा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् । कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन्।
उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवापुर बाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण