शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोक मन्डन देउपुरमा एमाले विजयी

शुक्रबार, ०५ जेठ २०७४, २१ : ३७
शुक्रबार, ०५ जेठ २०७४
काभ्रेपलाञ्चोक, जेठ ५ – मन्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा(एमाले) का टोपबहादुर वाइवा विजयी हुनुभएको छ । उहाँले सात हजार ६४६ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्युतप्रसाद पौडेले छ हजार ३१९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेकै निर्मला शाही सात हजार ५०१ प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राधिका ढकालले छ हजार १६० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी वडा नं ११ मा एमाले समूह विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार माधवप्रसाद न्यौपाने ९३३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र लामा तामाङले ४७१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वडा नं १२ का वडाध्यक्षमा काँग्रेसको समूह नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार गोविन्दप्रसाद पराजुली ५३४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद पराजुलीले ५२७ मत प्राप्त गर्नुभएको छ । यस्तै धुलिखेल नगरपालिका–६ मा काँग्रेसका सञ्जय कोजु पाँच सय ७६ मत ल्याई वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपक श्रेष्ठले ४५९ मत प्राप्त गर्नुभएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप