शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा पाँच दिनमा २५ प्रतिशत मतगणना

शुक्रबार, ०५ जेठ २०७४, २१ : ५६
शुक्रबार, ०५ जेठ २०७४
पोखरा जेठ ५ – पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको पाँच दिनसम्म लगभग २५ प्रतिशत मात्र मत गणना भएको छ । कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मतमध्ये ११ वटा वडाको शुक्रबार साँझसम्म ३१ हजार ३७० मतको मात्रै अन्तिम नतिजा आएको छ । नतिजा सार्वजनिक भएको ११ मध्ये नेपाली काँग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने नेकपा ९एमाले०ले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ । मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप