संविधानसभामा पराजित प्रजापति स्थानीय चुनावमा भारी मतले विजयी
शुक्रबार, ०५ जेठ २०७४, २२ : ०८
भक्तपुर, जेठ ५– दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति स्थानीय तहको चुनावमा भारी मतले विजयी भएका छन् ।
२०७० सालमा भएको संसदीय चुनावमा पराजित प्रजापति भक्तपुर नगरपालिकाको मेयरमा भने भारी मतले विजयी भएका हुन् ।
संसदीय चुनावमा हारेका प्रजापतिलाई नै नेमकिपाले भक्तपुर नगरपालिकाको मेयरमा उठाएको थियो । प्रजापतिले २५ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भए ।
मेयरमा निकटतम प्रतिद्वन्द्वदी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले मात्र ६ हजार ५ सय ३२ मत प्राप्त गरे ।
स्थानीय तह निर्वाचनको अहिलेसम्मको सर्वाधिक मत अन्तरले विजयी हुने प्रजापति पहिलो मेयर बनेका छन् ।
यस्तै एमालेका विष्णु सुवालले ४२१० मत पाएका छन् भने माओवादीका सत्यलाल मुलले २४८७ मत प्राप्त गरे । नेमकिपाले नगरपालिकाको नौ वटै वडा पनि पुरै प्यपानल जितेर आफ्नो पकड स्थापित गरेको छ ।
पहिलो संविधानसभाको निर्वाचनबाट सभासद् भएका प्रजापति ७० सालको दोस्रो संविधानसभाको चुनावमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण