स्थानीय तहको संख्या थप नभए मधेसी दलले निर्वाचनमा भाग नलिने
शुक्रबार, ०५ जेठ २०७४, २२ : ४६
काठमाडौं, जेठ ५– मधेशी मोर्चामा आवद्ध दलहरुले तराई/मधेशका १९ जिल्लामा स्थानीय तहको संख्या थप नभए दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिन नसकिने स्पष्ट पारेको छ ।
मोर्चाका आवद्ध राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसंख्याको आधारमा तराई/मधेशका जिल्लामा स्थानीय तहको संख्या थप नगरिए दोस्रो चरणको निर्वाचनमा भाग लिन नसकिने प्रष्ट्याएका हुन् ।
स्थानीय तहको संख्या थप गर्न आवश्यक सुझाव तयार पार्न गठन गरिएको उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको कार्य दलले शुक्रबार आयोजना गरेको बैठकमा ठाकुर र यादवले सरकारलाई आफूहरुको समस्या समाधानका लागि गम्भिर भईदिन पनि पुनः आग्रह गरेका थिए ।
तराई/मधेशका १९ जिल्लामा स्थानीय तहको संख्या थप नभए निर्वाचनमा भाग लिन नसकिने अडान मधेशी मोर्चामा आवद्ध दलका नेताहरुले राखेको बैठकमा सहभागी नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए ।
बैठकमा कार्यदलका संयोजक समेत रहेका उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको संख्या थप गरेर मधेशी मोर्चामा आवद्ध दललाई दोस्रो चरणको निर्वाचनमा भाग लिने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सरकारले तराई मधेशमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्न आवश्यक सुझाव दिन कार्यदल नै गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण