शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

२५० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

शुक्रबार, ०५ जेठ २०७४, २३ : ०४
शुक्रबार, ०५ जेठ २०७४
काठमाडौं, जेठ ५– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको गणना झण्डै पाँच दिन अघिदेखि जारी रहेको छ । ३४ जिल्लाको २८३ स्थानीय तह मध्ये अहिलेसम्म २ सय ५० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । प्राप्त परिणामअनुसार एमालेले सबैभन्दा बढी २०२ स्थानीय तहमा जित हात पारेको छ भने १५ स्थानमा अगाडि छ । यस्तै, नेपाली काँग्रेस अहिलेसम्म ९७ स्थानमा विजयी भएको छ भने ९ स्थानमा अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रले हालसम्म ४५ स्थानमा प्रमुखसहित विजयी हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ । अन्य तीन स्थानमा राप्रपा, नेमकिपा र नयाँ शक्तिले तथा तीन स्थानमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप