शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धादिङको गजुरी गाउँपालिकामा एमाले विजयी

शनिबार, ०६ जेठ २०७४, ०८ : १९
शनिबार, ०६ जेठ २०७४
जेठ ५ धादिङ - धादिङको गजुरी गाउँपालिका प्रमुख र उपप्रमुखमा एमाले बिजयी भएको छ । गजुरी गाउँपालिका प्रमुखमा राजेन्द्र बिक्रम बस्नेत बिजयी भएका छन् । बस्नेतले ४३३६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । त्यसैगरी उपप्रमुखमा सिता ढुङ्गाना बिजयी भएकी छन् । ढुङ्गानाले ४२१४ मत ल्याउन सफल भइन् । गाउँपालिकाको ८ वडाहरु मध्ये १, २, ५ र ७ नम्बर वडामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । त्यसैगरी, वडा नम्बर ३ र ४ मा कांग्रेसले जीत हात पारेको छ । बाँकी ६ र ८ नम्बर वडामा माओवादी केन्द्रले बाजी मारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप