पोखरा महानगर : १२, १३ र १५ मा यस्तो आयो अन्तिम नतिजा
शनिबार, ०६ जेठ २०७४, ०९ : ४१
पोखरा, ६ जेठ - पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १२, १३ र १५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
महानगरपालिका वडा नं १२ का अध्यक्षमा नेपाली काँग्रेसका कार्की एक हजार ४६ मतसहित विजयी बने । निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का ऋषिराम लामिछानेले आठ सय २९ मत प्राप्त अग्रे । वडाका महिला सदस्यमा काँग्रेसकी सीतादेवी बास्तोला, दलित महिला सदस्यमा एमालेकी विष्णु विश्वकर्मा तथा खुला सदस्यद्वयमा एमालेका निर्मलबहादुर थापा र देशभक्त केसी निर्वाचित भएका छन् ।
महानगर १३ नं वडामा एमालेको समूह विजयी भएको छ । वडाध्यक्षमा एमालेका लेखबहादुर तामाङ (दर्शन लामा )दुई हजार ६०६ मतसहित विजयी बने भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बजिरमान श्रेष्ठले एक हजार छ सय आठ मत प्राप्त गरेका छन् ।
सो वडाका महिला सदस्यमा कृष्णकुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक तथा खुला सदस्यद्वयमा टङ्कप्रसाद भट्टराई र रहीमुल्ला मिया विजयी भएकी छन् ।
महानगर वडा नं १५ मा एमाले समूहसहित विजयी भएको छ । वडाअध्यक्षमा एमालेका प्रकाश पौडेल एक हजार ९४४ मतसहित निर्वाचित बने भने उनका निकटतम प्रतिद्वन्द्वीकाँग्रेसका टोपबहादुर थापाले एक हजार पाँच सय ४७ मत प्राप्त गरे ।
महिला सदस्यमा पार्वती कार्की, दलित महिला सदस्यमा मन्दिरा परियार तथा खुल्ला सदस्यद्वयमा तोरणबहादुर बानियाँ र रुकबहादुर गुरुङ विजयी बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण