शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राजधानीमा दुर्घटनामा, एकको मृत्यु

शनिबार, ०६ जेठ २०७४, ०९ : ४७
शनिबार, ०६ जेठ २०७४
काठमाडौँ ६ जेठ - आज बिहान स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ । बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो । उनलाई बा २ ख ५७३० नंको मिनीट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिए । ट्रक र चालकलाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रमा लिएको छ । घटनाको विरोधमा अहिले बानियाँटार क्षेत्रमा चल्ने सवारीसाधनलाई समेत चल्न रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप