धादिङ नीलकण्ठमा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्र विजयी
शनिबार, ०६ जेठ २०७४, ०९ : ५४
धादिङ, ६ जेठ - नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।
आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार भीमप्रसाद ढुङ्गानाले १३ हजार एक सय ६६ र निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का अर्जुन श्रेष्ठले छ हजार छ सय २८ मत प्रप्त गरे ।
यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार तीन सय २५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गङ्गादेवी श्रेष्ठले छ हजार नौ सय ८५ मत प्राप्त गरे ।
तेत्तिस हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार तीन सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मत परिणामानुसार नगरपालिकामा काँग्रेसले छ तथा एमाले र माओवादी केन्द्रले चार चार वडामा विजय हासिल गरेका छन् ।
माओवादी केन्द्र र काँग्रेसबीच तालमेल भएको थियो । नीलकण्ठ नगरपालिको मत परिणमसँगै जिल्लाका १३ स्थानीय तहको मत परिणाम आएको छ । जिल्लाको अन्तिम मत परिणामानुसार एमालेबाट एक नगरपालिका र आठ गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा ५६ वडामा अध्यक्ष विजयी भएका छन् ।
काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकामा प्रमुख र अध्यक्ष तथा २४ वडाध्यक्षमा विजयी भएको छ भने माओवादी केन्द्र एक गाउँपालिकाका अध्यक्ष र २१ वडाध्यक्ष तथा राप्रपा एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण