उठीबास हुने डर छ तनियावासीलाई
शनिबार, ०६ जेठ २०७४, १० : २१
रगन्ज, ६ जेठ - राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् ।
तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो बस्तीलाई अन्यत्र सार्नुपर्ने हँुदा आफूहरु कहाँ गएर बस्ने भन्ने चिन्ता त्यहाँका बासिन्दाको छ ।
विसं २०३१ र २०३२ तिर तत्कालीन राजा वीरेन्द्रले बसाएको तनिया बस्तीमा सिँचाइ सुविधा प्रशस्त भएपछि त्यहाँका किसान मुख्य रुपमा मकै, धान, गोलभेंडा र सुर्ती खेती गरी आर्थिक रुपमा सम्पन्न हँुदै आएको स्थानीयवासीको भनाइ छ ।
“विकासका लागि हामी तनिया बस्ती खाली गराउन तयार रहेका छौँ । तर सरकारले सोको सट्टामा अर्काे ठाउँमा बस्ती बसाउन जग्गा उपलब्ध गराउनुपर्छ”, ” तनिया बस्ती सरोकार सङ्घर्ष समितिका संयोजक मुक्ति लामाको भनाइ छ ।
पथलैया–निजगढ सडकखण्डबाट दक्षिणतर्फ पर्ने सो बस्तीमा हाल शिक्षा स्वास्थ्य र सिँचाइ सुविधा उपलब्ध हँुदै आएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सो बस्ती उठाउनुपर्ने भएकाले सरकारले अर्काे ठाउँमा पुनर्बास गराउनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष रेवतीप्रसाद मैनालीले बताए ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा साबिक घइटा गाविसको काँट गाउँका एक सय घरधुरी प्रभावित हुने भएको छ । तनिया बस्ती काँट गाउँका बासिन्दा सरकारले यथाशीघ्र आफ्ना माग पूरा गर्नुपर्ने बताउँछन् । सो बस्तीलाई कहाँ सार्ने भन्नेबारे सरकारी टोलीले बेला बेलामा स्थलगत अध्ययन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण