सूर्यविनायक –७ मा एमाले विजयी
शनिबार, ०६ जेठ २०७४, १० : २६
भक्तपुर, ६ जेठ - सूर्यविनायक नगरपालिका–७ मा नेकपा(एमाले)का उम्मेदवारको समूह नै विजयी भएको छ ।
वडा नं ७ मा वडाध्यक्षसहित सदस्यमा एमालेका रवीन्द्र सापकोटाको पूरै समूह विजयी भएको हो । वडाध्यक्षमा एमालेका सापकोटाले एक हजार पाँच सय ३४ तथा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णभक्त खत्रीले सात सय ६९ र राप्रपाका धर्मराज थापाले ३३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी भएका छन् ।
आज बिहानसम्ममा सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसका विष्णुराज कार्की आठ हजार एक सय ७६ र उपप्रमुखमा एमालेकी जुना बस्नेत आठ हजार नौ सय १७ मतले अग्रस्थानमा छन् । प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले सात हजार नौ सय ७५ र उपप्रमुखमा काँग्रेसकी कल्पना राजथलाले छ हजार नौ सय १७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण