शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

आजदेखि अनिश्चितकालीन बन्द

शनिबार, ०६ जेठ २०७४, १० : ३०
शनिबार, ०६ जेठ २०७४
रसुवा, ६ जेठ - शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ । एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबँेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । रसुवा बन्दले जनजीवन प्रभावित भएको छ । उता प्रहरीले भने दोषीको खोजी जारी रहेको जनाएको छ । प्रहरी सहायक निरीक्षक मधुकान्त खड्कामथि छानबिन सुरु भइसकेको बताइएको छ । शुक्रबार स्याफ्रुबेँसीका एक युवकले अर्का युवकलाई खुुकुरी प्रहार गरेपछि आक्रोशित भिडले एक मोटरसाइसकलमा आगजनी गर्नाका साथै प्रहरी चौकी स्याफ्रुबेँसीसमेत तोडफोड गरेको थियो । खुकुरी प्रहारबाट घाइते फुर्पु साग्बो तामाङको काठमाडौँस्थित ग्य्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । बिहीबार राति नौकुण्ड गाउँपालिका, यार्सामा भएको खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप