चुनावलगत्तै यार्साको चटारो
रामचन्द्र न्यौपाने
डोल्पा, जेठ ६–स्थानीय चुनावमा सक्रिय पूर्वक भाग लिएर जनप्रतिनिधि छनोट कार्य सम्पन्न गरेसँगै डोल्पालीहरु वहुमुल्य जडीबुटी यार्सागुम्बा टिप्न जाने तयारीमा जुटेका छन् । डोल्पा,जुम्ला,हुम्ला लागयतका हिमाली जिल्लाहरुमा सदाझै यस बर्ष पनि यार्सागुम्बा टिप्ने सिजन सुरु भईसकेकाले पनि यार्सागुम्बा संकलन गर्न जाने तयारीलाई तिब्र पारिएको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय हरीलाल सार्कीले बताए ।
डोल्पालीको मुख्य आम्दानीको स्रोतको रुपमा रहँदै आएको वहुमुल्य जडीबुटी यार्सागुम्बा ४००० देखि ५००० मिटर उचाईसम्ममा उच्च हिमाली भेगहरुमा पाईने गर्दछ ।
यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि उनिहरु यार्साटिप्न जानको लागि आतुर देखिन्छन् ।यार्सागुम्बा टिप्ने सिजन सुरुभए सँगै स्थानीय बजारहरु समेत मान्छेहरुले खचाखच भरिएका छन् ।
यार्सा संकलन गर्न जाने सर्वसाधारणहरुलाई लत्ता कपडा ,खाद्यान्न लगाएत विभिन्न बन्दोबस्ती सामाग्री किनमेल गर्नको लागि भ्याई नभ्याई भएको भने दुनै,जुफाल,त्रिपुराकोट लगायतका बजारहरुका व्यापारीहरुलाई समेत सामान बेच्न भ्याई नभ्याई भएको छ ।
डोल्पाका स्थानीय बजारहरुमा प्रति गोटा पाँच सय देखि एक हजार सम्म पाईने यार्सागुम्बा टिप्नको लागि जेठ पहिला साता सम्ममा सम्पुर्ण तयारी पुरा गरेर जेठ दश गते सम्ममा पाटनको यात्रा तय गर्ने गरिन्छ ।
डोल्पालीहरु बर्षभोरीका आधारभुत आवाश्यक्ता पुरागर्ने उद्येश्य बोकेर केटाकेटी बुढा बुढी सबै गाँउनै शुन्य पारेर पशु चौपाय सहित ज्यानलाई जोखिममा पार्दै वनस्पती रुपी सुन खोज्न पाटन पुग्ने गर्दछन् ।
यार्सागुम्बा सिजन सुरु भए सँगै हिमाली घाँस र हिँउको बिचबाट पलाएको देखिने खैरो रङको च्याउ झल झल्ती याद आउने र हिमाली पाटन जान जो कोही आतुर हुने गरेको त्रिपुरा सुन्दरी नगरपालिकाका स्थानीय रत्न बहनदुर बिष्टले बताए ।
‘पाटनका लागि आवाश्यक पर्ने सबै सामानहरु किनिसकेको छु,पाटनमा धेरै जाडोहुने भएकाले त्यसकालागि न्याना कपडाहरु,औषधिहरु समेत व्यबस्था गरिसके,अव शे फोक्सुन्डो निकुञ्जले यार्सागुम्बा खुला गर्ने मिती सार्वजानिक गरैको दुईतिन दिन अगाडी नै हिमाली पाटन गईन्छ ’, बिष्टले भने, ‘गत बर्ष यार्सागुम्बा टिपेर बिस दिनको अवधिमा २ लाख ५० हजार सम्म कमाई भयो,अहिले तिन लाख सम्म कमाउने अठोट लिएको छु ।’
त्यस्तै अधिकाशं डोल्पालीलाई यार्सागुम्बा सिजनको प्रतिक्षा थियो ।सिजन सुरुभए सँगै सबै डोल्पालीलाई यार्सागुम्बा टिप्न जानका लगि पाटन जाने तयारीको चटारो बढेको हो ।
त्रिपरा सुन्दरी नगरपालिका १ का राजेन्द्र कठायलाई समेत यार्सागुम्बा टिप्नको लागि तयारी गर्न भ्याई नभ्याई छ । उनले पनि सबै सामानहरु किनेर ल्याई सकेका छन् ।जेठ पहिलो हप्ता देखि मान्छेहरु सबै पाटन गएपछि गाँउ घरमा कोही पनि कामगर्ने मान्छे नपाईने हुँदा घरको रोपाई सकिसकेको बताउँछन् ।
अहिले सम्पुर्ण डोल्पाली लाई यार्सागुम्बा सिजन लागेको छ,कुन पाटन जाने ?को सँग जाने ?कहाँ राम्रो यार्सागुम्बा पाईन्छ ?यस पटक कति मुल्य पर्ने हो ?कसलाई बेच्ने ? के कस्ता सामानहरु लैजाने जस्ता विभिन्न थरी कुराले उनीहरुलाई चिन्तित बनाएको छ ।
यार्सागुम्बा टिप्न जानकै लागि उनिहरु घरायसी कामकाज धमाधम गरिरहेकाछन् ।तुलनात्मक रुपमा यार्सागुम्बा सिजनमा धेरै सामानहरु बिक्रिहुने गरेकाले सामान बेच्न भ्याई नभ्याई भएको स्थानीय व्यापारी बिष्ण्ुा प्रसाद हमालले बताए ।
यार्सागुम्बा संकलन गर्नका लागि छिमेकी जिल्ला जारकोट,रुकुम,रोल्पा,सल्यान लगायतका जिल्लाहरुबाट समेत हजारौँको सङ्ख्यामा मान्छेहरु डोल्पा पुग्ने गर्दछन् ।
यार्सागुम्बा संकलनगर्न पाटन जाने सर्वसाधारणहरु सबैले राष्ट्रिय निकुञ्जलाई संकलन दस्तुर तिरेर मात्र जान पाईने व्यबस्था रहेको छ । डोल्पामा यार्सागुम्बा पाईने सयाँै पाटनहरु रहेकाले यी पाटनहरुमा एक यार्सागुम्बा सिजनमा मात्रै हजारौँ किलो यार्सागुम्बा संकलन गरिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण