मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह
शनिबार, ०६ जेठ २०७४, ११ : १०
काठमाडौँ, ६ जेठ । अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । महासङ्घ प्रचार विभागका तर्फबाट शुक्रबार विश्वमणि सुवेदीले विज्ञप्ति निकाल्दै उम्मेदवारको मतान्तर तलमाथि भइरहेको विषयलाई लिएर महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको विरुद्धमा अफवाह फैलाई सुनियोजित र षड्यन्त्रपूर्ण ढङ्गले बजार हल्ला मच्चाइएको विषयको खण्डन गरिएको छ । विज्ञप्तिमा महासङ्घका अध्यक्षले निर्वाचनबाहेकका कसैसँग कुनै पनि वार्ता, छलफल वा संवाद कोहीसँग पनि नगरेको उल्लेख गर्दै सरकार हेरफेरसँग सम्बन्धित कुनै पनि विषयमा उहाँको चासो नरहेको र तत्काल पार्टीको नीति पनि सरकार परिवर्तन नभएको स्पष्ट पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण