अमेरिकी जल सैनिक बार्षिकोत्सवमा बुद्धको प्रचार प्रसार
शनिबार, ०६ जेठ २०७४, १० : ४१
काठमाडाैं, ६ जेठ– गत मे १८ तारिखका दिन अमेरिकी जल सैनिकहरुले बार्षिक रुपमा मनाउदै आउने गरेको बार्षिक उत्सव र सैनिक सम्मान कार्यक्रममा नेपाली समुदायको परिचित सँस्था मदरल्याण्ड नेपालले सहभगिता जनाएको छ l
उक्त कार्यक्रममा मदरल्याण्ड नेपालले नेपालको बिशेषता झल्काउने र बिश्वमा नेपालीहरुको उच्च पहिचानको रुपमा रहेका भगवान गौतम बुद्धलाई व्यापक प्रचार तथा प्रसार गर्न सफल भएको छ l
मदरल्याण्ड नेपालले बुद्ध नेपालमा जन्मेका हुन l उनको पबित्र जन्मस्थल लुम्बिनी आज पनि उत्तिकै आकर्षक तिर्थस्थल हो भन्ने जानकारी गराएको छ l ,अंग्रेजीका धुरन्धर योगी पुर्णानन्दले यसको बारेमा अझ धेरै प्रकाश समेत पारेका थिए
कार्यक्रममा सबै देशहरुका प्रतीनिधिहरु सँग छलफल ,भेटघाट गरी नेपाल एउटा बिश्वकै उत्कृष्ठ पर्यटकिय स्थल रहेको कुरा मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दुत अनिल पाण्डेले जानकारी गराएका थिए l
उक्त उत्सवमा मादल ,मेडिटेशन कराई तथा नेपालको बिशषता झल्कने ,झल्काउने प्रचार प्रसार सामग्री तुल ,बुद्धका केहि मुर्तीहरु सजाईएको थियो l अमेरिकनहरु नेपाली सामानहरु हेर्न निकै उत्सुक देखिन्थे भने उनिहरु मध्धे कसैले माउण्ट एभरेष्ट ,कसैले एक सिङ्गे गैडा, नेपालमा पाईने थुप्रै प्रजातिका पुतली हरु , जंगल सफारी र र्याफ्टिङ (नौका बिहार ) तथा बन्जी जम्प गर्न आतुर रहेको कुरा समेत सुनाए l
उक्त कार्यक्रममा संसार बाट करिव २५ राष्ट्रहरुको सहभागिता थियो l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण