शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

११ :३० बजेसम्म ५१६९६ मत गणना हुँदा काठमाडौं महानगरपालिकाको यस्तो आयो हिसाव

शनिबार, ०६ जेठ २०७४, ११ : ४६
शनिबार, ०६ जेठ २०७४
काठमाडौंमा एमालेको अग्रता कायमै जेठ ६, काठमाडौं, पछिल्लो मतपरिणाम अनुसार काठमाडौंमा एमालेको अग्रता कायमै छ । यो विहान ११ ३० बजेसम्म ५१६९६ मत गणना हुँदाको अग्रता हो । मेयरमा एमालेका उम्मेदवारलाई १७०४५ मत परेका छन् । मेयरमा काँग्रेसको उम्मेदवारलाई ११६८५ मत परेको छ । उपमेयरमा काँग्रेस उम्मेदवार अगाडि छन्, उनलाई उपमेयरमा १५२४९ मत खसेको छ । एमालेसँग गठबन्धनमा राप्रपाका उपमेयरका मत ९१९४ आएको छ । विवेकशिल मेयरमा ६८०४ मत लिएर तेस्रो स्थानमा छ । साँझा पार्टीका मेयर उम्मेदवारले ५०६६ मत पाएका छन् । साझा पार्टीकै उपमेयरको उम्मेदवारको मत ३२४८ छ । त्यसबाहेक माओवादी केन्द्रको मेयर उम्मेदवारको १९५९ र उपमेयरका २६४१ मत खसेको छ ।   मेयरमा काँग्रेसको ११६८५ उपमेयरमा १५२४९ एमालेको मेयरमा १७०४५ राप्रपाका उपमेयरको ९१९४ विवेकशिल मेयरमा ६८०४ साँझा पार्टीका मेयर ५०६६ उपमेयरको ३२४८ माओवादी केन्द्रको मेयरका १९५९ उपमेयरका २६४१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप