लिजा हेडनले दिइन् छोरालाई जन्म, ७ महिना पहिले व्यापारीसँग गरेकी थिइन् विवाह
एजेन्सी
मुम्बई, जेठ ६ – लिजा हेडनले छोरालाई जन्म दिएकी छिन् । उनले इन्स्टाग्राममा श्रीमान् डिनो ललवानीसँग छोरालाई बोकेर एक फोटो सेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् । लिजाले छोराको नाम ज्याक लालवानी राखेकी छिन् । लिजाले फोटोमा क्याप्सन लेख्दै उनले १७ मे मा छोरालाई जन्म दिएको बताएकी छिन् ।
लिजाले सन् २०१६ को अक्टोबर २९ तारिखमा प्रेमी डिनो लालवानीसँग विवाह गरेकी थिइन् । लिजा र डिनो पछिल्लो डेढ वर्षदेखि डेटिङ गरिरहेका थिए । उनीहरुको विवाह थाइल्याण्डको फुकेटस्थित अमनपुरी बीच रिसोर्टमा भएको थियो ।
विवाहको फोटो लिजाले आफ्नो इन्स्टाग्राममा पनि सार्वजनिक गरेकी थिइन् । लिजाका श्रीमान् डिनो पाकिस्तानी मूलका बेलायती व्यवसायी गुल्लु लालवानीका छोरा हुन् ।
लिजाले आफू गर्भवती भएको खुलासा लगभग पाँच महिना पहिले दिएकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा एक बिकिनी फोटो सेयर गर्दै आफू गर्भवती भएको जानकारी सबैलाई दिएकी थिइन् ।
लिजालाई अन्तिम पटक ‘ए दिल हे मुश्किल’ (२०१६) मा देखिएको थियो । यसका साथै, लिजाले बलिउडमा ‘आयशा, ‘रास्कल’, ‘क्विन’, ‘द शकिन्स’, ‘सन्ता बंन्ता प्राइभेट लिमिटेड’, ‘हाउसफूल –थ्री’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण