जेठ १४ गते प्रधानमन्त्रीले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको उद्घाटन गर्ने
शनिबार, ०६ जेठ २०७४, १२ : ४०
जेठ ६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालभित्र काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको उद्घाटन गर्ने भएका छन् । यहीँ जेठ १४ गते प्रधानमन्त्रीले द्रुतमार्ग निर्माणको उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले निजगढ बारामा आयोजित एक कार्यक्रममा फाष्ट ट्रयाक सडक आयोजनाको उद्घाटन गर्ने छन् ।
फाष्ट ट्रयाकलाई नेपाली लगानीमा अगाडि बढाउने प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो कार्यकालको उत्तरार्धमा उद्घाटन गर्ने भएका हुन । फाष्ट ट्रयाकमा भारतीय लगानी भित्र्याइयो भन्दै व्यापक आलोचना गरिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकलाई नेपाली लगानी अन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउने निर्णय मन्त्रीपरिषद्बाट गराएका थिए । निर्माणको काम भने नेपाली सेनाले गर्ने गरी मन्त्रीपरिषद्ले निर्णय गरिसकेको छ ।
गत बैशाख २१ गते बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
यो परियोजनालाई लिएर दलहरुबीच आरोप प्रत्यारोप पनि भएको थियो । विपक्षी एमालेले प्रचण्ड नेतृत्वको सरकारले भारतीय कम्पनीलाई निर्माण दिन थालेको भनेर आलोचना गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण