शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनमा भाग लिने वातावरण बनाउन राजपाको माग

शनिबार, ०६ जेठ २०७४, १४ : ५३
शनिबार, ०६ जेठ २०७४
काठमाडौं, जेठ ६–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारसँग माग गरेको छ । पार्टीका नेता महेन्द्रराय यादवले तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र आफनो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोप समेत लगाए । शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफनो पार्टीलाई बाहिरै राखेर दोस्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी पनि दिए । नेता यादवले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने लगायतका ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई पनि दवाव दिए । उनले तीन ठूला दलले सत्ताको मोहमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप पनि लगाए । नेता यादवले आफूहरु निर्वाचन विरोधी नभएको दावी पनि गरे । नेता यादवले सत्तापक्ष आफैले मारकाट गरेर, मतदातालाई किनेर, डण्डा बर्साएर जसरी पनि निर्वाचन जित्ने नीति लिएको उल्लेख गर्दै आपत्ति पनि जनाए । उनले राष्ट्रिय एकताको नाममा मुलुकलाई बिखण्डन गराउने काममा एमाले लागि परेको आरोप पनि लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप