शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दोस्रो चरणको चुनावमा राजपासँग चुनावी तालमेलः बाबुराम भट्टराई

शनिबार, ०६ जेठ २०७४, १६ : २८
शनिबार, ०६ जेठ २०७४

चुरामणि अर्याल

कपिलवस्तु, जेठ ६–दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीले मधेशी दलहरुको एकिकरण पछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग मिलेर चुनाव लड्ने घोषणा गरेको छ ।

नयाँ शक्ति नेपालले कपिलवस्तुको गोरुसिंगेमा शनिवार आयोजना गरेको स्थानीय तहको निर्वाचन केन्द्रित विशेष भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संयोजक डा. बाबुराम भट्टराईले रराजपासँग चुनावी तालमेल गरेर निर्वाचनमा जाने बताएका हुन् ।

यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी उसैको चुनाव चिन्हमा नयाँ शक्ति पहिलो चरणको निर्वाचनमा सहभागि भएको थियो । नयाँ शक्ति पार्टी हालै स्थापना भएको कारण शिशु अवस्थामा रहेकोले पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम हात पार्न नसकेको भन्दै भट्टराईले मधेशी दलसंग समिकरण गर्नै पर्ने बाध्यकारी अवस्थामा भएको समेत बताए ।

स्थानिय तहको पहिलो चरणको निर्वाचनमा पार्टीले नराम्ररी हार व्यहोरेकोमा निराश बनेका कार्यकर्ताहरुलाई सान्तवना दिंदै उनले मधेशमा नयाँ शक्तिले राम्रो परिणाम ल्याउने दावी समेत गरे ।

विगत देखि नै सरकारमा रहेको राजनीतिक दलले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गरि चुनाव जित्ने र जितेपछि पनि पुनः भ्रष्टाचार गर्ने गरेकोमा पहिलो चरणको स्थानिय निर्वाचनमा त्यही अवस्था देखिएको पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप