सुर्खेतमा कांग्रेस ६, एमाले ३, माओवादी ‘शून्य’
शनिबार, ०६ जेठ २०७४, १७ : ५५
आकाश तारा बयक
सुर्खेत, जेठ ६– स्थानीय तहको निर्वाचन अन्तर्गत सुर्खेतका सबै तहको मतगणना कार्य सम्पन्न भएको छ ।
पाँच वटा नगरपालिका र चार वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसले ६ वटा स्थानीय तहमा जीत हात पारेको छ भने एमालेले तीन वटामा जितेको छ ।
कांग्रेसले जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा जित हात पारेको हो ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवकुमार सुवेदी विजयी भएका छन् । शनिवार सम्पन्न मतगणना अनुसार प्रमुखमा सुवेदीले १४ हजार ४ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गरे ।
त्यस्तै नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी मोहनमाया ढकालले १६ हजार ६८ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् ।
यसैगरी, एमालेले लेकवेशी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा जितेको छ । ७ वटा वडा मात्र जितेको नेकपा माओवादी केन्द्रले जिल्लाका कुनै पनि स्थानीय तहमा भने जीत हात पार्न सकेन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण