एमाले नेतृ फोरम नेपालको गाउँपालिका उपप्रमुख
उपलब्धि रक्षाका लागि चुनावलाई सदुपयोग गरेका हौं– उपेन्द्र यादव भैरहवा २१, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले सियारी गाउँपालिकाको उपप्रमुखमा सुशिला चौधरीलाई चयन गरेको छ । स्थानीय तहमा प्रभावशाली मानिने नेतृ चौधरीले शनिबार मात्रै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेकी थिइन् । फोरम नेपाल रुपन्देही क्षेत्र नं. २ ले भैरहवामा आयोजना गरेको कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टी प्रवेश गराउँदै गाउँपालिका उपप्रमुख पदका लागि बधाई तथा शुभकामना दिएका छन् । नवप्रवेशी सुशिला चौधरीको नेतृत्वमा एमालेका सयौंको संख्यामा सक्रिय कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका छन् । फोरम नेपालले शहीद परिवार, मधेशी, जनजाति, थारु, दलित, महिला र उत्पीडित समुदायका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदबार चयन प्रक्रियामा जुटेको रुपन्देहीका सहइन्चार्ज रामू यादवले बताए । यसैगरि, सोही कार्यक्रममा भैरहवाका व्यापारी अर्जुन जायसवालको नेतृत्वमा दुई जना व्यापारी एवं स्थानीय जनता प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न आफ्नो पार्टीले चुनावमा भाग लिने निर्णय गरेको प्रष्ट पारेका छन् । उनले अब पार्टीले उपलब्धीको रक्षा, आर्थिक विकास र बाँकी उपलब्धी प्राप्त गर्न संघर्ष गर्ने जस्ता जिम्मेवारी काँधमा बोकेर हिड्न सबैलाई निर्देशन दिए । यादवले संविधानले गाउँ, नगरमा धेरै अधिकारहरु हस्तान्तरण गरेकाले निर्वाचनमा नगए त्यो अधिकार गुम्ने खतरा भएको हुँदा त्यसलाई संरक्षण गर्न पार्टीले संघर्ष सँगसँगै निर्वाचनलाई रोजेको बताए । मधेशको मागबाट आफूहरु पछि नहटेको बताउँदै निर्वाचन पछि तराईका २२ जिल्लामा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे । मधेसी थारु, आदिवासी, जनजाति, मुस्लिम समुदयाका माग पूरा नभएसम्म संघर्षबाट पछि नहट्ने यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण