शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारमा सहभागि हुने/नहुने विषयमा निर्णय लिन राप्रपा बैठक जारी

आइतबार, २१ जेठ २०७४, ११ : ०४
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक अहिले जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकले आज हुने कार्यतालिका रहेको प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । पार्टी सहयक महामन्त्री राजारम बर्तौलाले आज बैठकले सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा ठोस निर्णय लिने बताए । शनिबारमात्रै कांग्रेसले देउवा नेतृत्वमा गठन हुने सरकारलाई समर्थन गर्न राप्रपासहितका संसदमा रहेका सबै दललाई पत्र लेखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप