क्रिकेटको सबैभन्दा ठूलो खेल : भारत र पाकिस्तान भिड्दै
काठमाडौँ, जेठ २१ – ‘यो खेल मात्र होइन, त्योभन्दा ठूलो हो ।’
क्रिकेटमा सबैभन्दा ठूलो खेलअघि पाकिस्तानका पूर्व कप्तान आसिफ इक्बालको हो ।
आइतबार च्याम्पियन्स ट्रफीको समूह चरणमा भारत र पाकिस्तान भिड्दै छन् ।
विश्वभर छरिएका पाकिस्तान र भारतका करोडौँ समर्थकको ध्यान त्यही खेलमा हुनेछ । यो खेलको दिन बर्मिङहम सहरले ५ मिलियन पाउण्ड कमाई गर्ने अनुमान गरिएको छ ।
पछिल्लो पटक ५० ओभरको खेलमा भारत र पाकिस्तान २०१५ को विश्वकपमा अस्ट्रेलियामा भिडेका थिए जसमा भारत सहजरुपमा विजयी भएको थियो ।
भारतको हैदराबादमा जन्मिएर पाकिस्तान पुगेका ७३ वर्षीय इकबाल भन्छन्, ‘यो खेल निर्विवादीत रुपमा क्रिकेटको सबैभन्दा ठूलो खेल हो । यो एसेज जस्तै हो तर त्योभन्दा पनि ठूलो हो । किनभने यहाँ इतिहासदेखि राजनीति सबै जोडिएको छ ।’
सीमा विवाददेखि राजनीतिमा एक अर्काको कट्टर दुश्मन रहेका दुवै देशका लागि क्रिकेट सम्मानको स्रोत हो ।
कहिलेकाहीँ खेलको जुनून आवेगमा पनि बदलिने गरेको छ । त्यही भएर क्रिकेट समर्थकले आफ्नै खेलाडीको पुत्ला जलाउनेदेखि शव यात्रा गर्ने कुरा त्यहाँ सामान्य मानिन्छ ।
फ्यानमात्र होइन खेलाडीका लागि पनि यो खेलको निकै महत्व हुन्छ । भारतका पूर्व खेलाडी आकाश चोपरा भन्छन्, ‘पाकिस्तानसँगको खेल अघि हामीलाई निद्रा लाग्दैन थियो । तर, लगातार जित निकाल्ने भएर होला आजभोलि भारतका खेलाडीहरु पहिलेभन्दा कम तनावमा हुन्छन् । पहिले पाकिस्तानलाई हराउन जीवन र मृत्युको सवाल हुन्थ्यो ।’
तैपनि खेलाडीहरुबीच सौहार्दपूर्ण सम्बन्ध भने रहने दुवै टोलीका खेलाडीहरु बताउँछन् । इकबालका अनुसार दुई टोलीका खेलाडीहरुबीच गोप्यरुपमा पार्टीहरु हुन्थ्यो ।
पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी पनि गौतम गम्भिरबाहेक आफू सबै भारतीय खेलाडीहरुसँग मित्र रहेको बताउँछन् । त्यस्तै चोपराले पनि आफू शोहेब अख्तरको नजिकको साथी भएको स्वीकार गर्छन् ।
पछिल्लो १० वर्षमा एउटा पनि टेस्ट म्याच खेलेको छैन । च्याम्पियन्स ट्रफी र विश्वकपमा पाकिस्तान विरुद्ध भारतको रेकर्ड ७÷९ खेल रहेको छ ।
बुकमेकरहरुले आइतबारको खेलमा भारतको पल्ला भारी रहेको बताइरहेका छन् । भारतले च्याम्पियन्स लिगका ७१ प्रतिशत खेल जित्ने गरेको छ ।
तर, इकबाल भने आजको खेलमा दुवै टोलीको ५०–५० प्रतिशत सम्भावना रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण