भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो (भिडियोसहित)
आइतबार, २१ जेठ २०७४, ११ : १२
काठमाडौं, जेठ २१–भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलिम्बित महानिर्देशक चुडामणि शर्मालाई म्याद थपको लागि विशेष अदालत लगिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको हो ।
अदालत परिसरमा सुरक्षा घेरा भित्रै बाट विभागका महानिर्देशक शर्माले आफुले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफुमाथि लागेको आरोप कर फछ्र्याैट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए ।
कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण