च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को किर्तिमान, आलोचकलाई दिए यस्तो जवाफ
म्याड्रिड, जेठ २१ – च्याम्पियन्स लिग वा युरोपिन कपको तीन वटा फाइनलमा गोल गर्ने क्रिस्टियानो रोनाल्डो दोस्रो खेलाडी बनेका छन् ।
खेलको २० औँ मिनेटमा गोल गर्दै चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पारेका हुन् । मेस्सीले दुई वटा फाइनलमा गोल गरेका छन् ।
रोनाल्डोले पहिलो पटक म्यान्चेस्टर युनाइटेडमा रहँदा सन् २००८ मा चेल्सीविरुद्ध फाइनलमा गोल गरेका थिए भने ६ वर्षपछि रियलका लागि एथ्लेटिको विरुद्ध अतिरिक्त समयमा गोल गरेका थिए ।
रोनाल्डोभन्दा अघि रियलकै लिजेन्ड अल्फ्रेडो डि स्टेफानोले पाँचवटा फाइनलमा गोल गरेका छन् ।
खेलमा दोस्रो गोल गर्दै रोनाल्डो यो सिजन प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । योसँगै प्रतियोगितामा उनी किर्तिमानी लगातार पाँच पटक सर्वाधिक गोलकर्ता बनेका छन् ।
त्यस्त उनले आफ्नो सिनियर करियरमा देश र क्लबका लागि ६ सयौँ गोल पनि पूरा गरेका छन् ।
जीतपछि ३२ वर्षीय खेलाडीले आलोचकहरुलाई जवाफ दिँदै भने, ‘मैले मैदानबाट सबैलाई जवाफ दिएको छु । जसले मेरो आलोचना गर्ने गरेका थिए, अब आफ्नो गितार खोलभित्र थन्काए हुन्छ ।’
उनले प्रशिक्षक जिनेदिन जिदानको पनि खुलेरै प्रशंसा गरे । ‘हाफ टाइममा जिदानसँगको कुराकानी निकै सकारात्मक थियो । हामीमाथि उनको ठूलो भरोसा थियो जसलाई हामीले प्रमाणित गरिदियौँ ।
मैदानमा रोनाल्डोसँग खुसियाली मनाउन उनकी प्रेमिका जर्जिनो रोड्रिग्वेजसहित छोरा र आमा पनि थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण