शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देवतालाई खुसी बनाउन काटेका थिए आफ्नै लिङ्ग, अदालतले दियो मृत्युदण्डको सजायँ

आइतबार, २१ जेठ २०७४, ११ : ३४
आइतबार, २१ जेठ २०७४
एजेन्सी जेठ २१ – अमेरिकाको नेबरास्कामा आफ्नो व्यवहारका कारण लामो समयदेखि चर्चामा रहेका सनकी हत्यारा निक्कलो जेन्किन्सलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । उनको कृत्यलाई अदालतले जघन्य करार दिएको छ । आफ्नै लिंग काटेः ३० वर्षका निक्कोले आफ्नै लिङ्ग काटेका थिए । यस्तो उनले देवतालाई चढाएका थिए । उनको यस्तो व्यवहारले देवता खुसी हुने उनले सोचेका थिए । लगातार चार हत्याः निक्कोले सन् २०१३ मा एकपछि अर्को गरी चारजनाको हत्या गरेका थिए । उनको यस्तो कृत्यलाई ‘साइको’ बताएर अदालतमा उनको बचाव गरियो तर अदालतले उनलाई मृत्युदण्डको सजायँ दियो । ट्रकमा भेटिएको थियो शवः निक्कोले जसको हत्या गरेका थिए उनीहरुको शव एक ट्रकमा दक्षिण ओहामा भेटिएको थियो । अदालतले बतायो चलाख हत्याराः अदालतले यस विषयमा निक्कोलाई कुनै दिमागी रोगी नभई उनले जानीजानी मानिसको हत्या गरेको जसका कारण उनलाई छुट दिन नसकिने बतायो । उनले १० दिनभित्र चारजनाको हत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप