बृद्धबृद्धालाई चलचित्र लालटिन टिमको सहयोग
आइतबार, २१ जेठ २०७४, ११ : २८
काठमाडौं, जेठ २१ – अभिनयको अलवा कलाकारको समाजसेवा तिर लगाव बढेको देख्न सकिन्छ । कतिपय कलाकार फाउन्डेसन दर्ता गरेर समाजसेवा गरिरहेका छन्, भने केही कलाकार आफ्नो खुसीले समाज सेवामा देखिदै आएका छन् ।
यस्तै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाल्टिन’ टिमल शनिबार पशुपति, संकटा लगायतका क्षेत्रमा रहेका बृद्धबृद्धा, असायलाई लताकपडा बाडेको छ ।
निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी र कलाकारहरु निर्जन थापा, राज कटुवालका साथै गायक बिनोद ढकाल लगायत टिमले बिभिन्न स्थानमा पुगेर लताकपडा बाँडेको हो ।
देखाउन भन्दा पनि आफुले सक्दो पिडितलाई सेवा गरौ भनेर लताकपडा बाडेको निर्माता मध्यका एक भानुप्रतावले बताए ।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र यहि २६ गतेदेखि प्रर्दशनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण