डोल्पाको दुनै–ल्यासीक्याप सडक खण्डमा जीप सञ्चालन
डोल्पा जेठ २१–डोल्पाको दुनै–ल्यासीक्याप सडकखण्डमा यातायातका साधन संञ्चालनमा ल्याईएको छ । सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको ८ किमि सडकखण्डमा जीप संञ्चालनमा ल्याईएको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले जानकारी दिए ।
चीनको सिमाना तिब्बतसम्म सडक जोडेर नेपाल–चीन व्यापारीक नाकाको रुपमा बिकास गर्न निर्माण थालिएको दुनै–ल्यासीक्याप सडकखण्डको ३० किमी सडकमध्ये यसपटक सदरमुकाम दुनैदेखि लावनबगर सम्मको सडक निर्माण सम्पन्न गरेर ८ किमीमा जिप संञ्चालनमा ल्याईएको सचिव मिश्रले बताए । काईके गाँउपालिका अध्यक्ष अंगत रानाका अनुसार पहिला उक्त डोरेटो बाटो एकदमै साँघुरो थियो,आवतजावत गर्ने क्रममा आधा दर्जन मान्छेहरु लडेर मरेका थिए । ‘अहिले सडक एकदमै फराकिलो बनाईएको छ, आवतजावत गर्न सजिलो भएको छ काईके गाँउपालिकाका सर्वसाधारणहरु खुशी भएका छन्’ अध्यक्ष रानाले भने । बिकेन्द्रिकृत ग्रामिण पुर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम(ड्रिलिप)आयोजनाको आर्थिक सहयोगमा निर्माणाधिन उक्त सडकखण्डमा जीप संञ्चालनमा ल्याईएपछि सर्वसाधारणहरुलाई सदरमुकाम आवतजावत गर्न सहज हुनुका साथै दैनिक उपभोग्य सामाग्री ओसार पसार गर्न समेत सहज भएको स्थानीयले बताएका छन् । गोरेटो बाटोलाई मोटरबाटो बनाउन सहयोग गर्ने ड्रिलिप आयोजना,तत्कालिन जिविस कार्यालय तथा सांसद धनबहादुर बुढालाई समेत डोल्पालीले धन्यबाद दिएका छन् । हेलिकोप्टरबाट ल्याईएका आधा दर्जन जीप दुनै–जुफाल सडकखण्डमा संञ्चालनमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण