शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निशा–रुकमानको यस्तो बन्यो ‘फूलै राखी हातैमा’

आइतबार, २१ जेठ २०७४, ११ : ३१
आइतबार, २१ जेठ २०७४

काठमाडौं, जेठ २१ – गायिका ममता राई र भर्सटायल गायक राजेशपायल राईले मिठो पुर्वेली लोकभाका गाएको गीत ‘फूलै राखी हातैमा’ भिडियो सहति सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा गायिका मिरा राणा, संगीतकार तथा प्राज्ञ शान्तिराम राई लगायतल गीत सार्वजनिक गरे । माया पिरतीको कुरासँगै पुर्बको विभिन्न गाउँठाउँलाई समेटिएको यस गीतको भिडियोमा किराती कलासंस्कृति र भेषभूषालाई झल्काइएको छ । भिडियो पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् । मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र गायक रुकमान लिम्बूको अभिनय भिडियोमा देखन सकिन्छ । भिडियोमा निशा र रुकमानको केमेष्ट्री खुबै सुहाएको छ । द हाइल्याण्ड आर्ट, तेह्रथुमे ढाका बुटिक र रुपा आङबुहाङले तयार गरेको पहिरन तथा गरगहनामा निशा निकै खुलेकी छन् भने मोडलका रुपमा प्रस्तुत गायक रुकमान तेह्रथुमे ढाका बुटिककी निरु आङबुङले तयार गरेको दाउरा–सुरुवाल र ढाका टोपीमा टिपिकल देखिएका छन् । यस भिडियोलाई नविनबाबु गुरुङले खिचेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । गायिका ममताले यो गीत एल्बम ‘ममता–२’मा समावेस गरेकी छन् । एल्बममा ६ गीत समावेश छन् । शिरै फूल मेरो, कमलमुखी, फूलै राखी, तिमी मेरो, लेखमा फूल्ने र हाकु पटासी जस्ता बोलका गीत एल्बममा रहेको छ । – कार्यक्रममा बोल्दै गायिका मीरा राणाले ममताको स्वरमा साँच्चीकै मिठास पाएँको बताइन् । गीतले आफ्नो पनि मन छोएको उनजले बताइन् । –संगीतकार शान्तिरामले लामो समयपछि पुर्वेली लोकभाकाको मन छुने गीत तथा भिडियो हेर्न पाएको बताए ।

https://www.youtube.com/watch?v=tpyhsNQg6EE  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप