शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘पञ्चायत’को रेड कार्पेट प्रिमियरमा कलाकारको लर्काे

आइतबार, २१ जेठ २०७४, ११ : ३५
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१ – अभिनेता सरोज खनाल, शोभित बस्नेत, बिमल पौडेल, लय संग्रौला, निशा अधिकारी, गजित बस्नेत, जानवी बस्नेत, गणेश गिरी, किरण थापा, बिशाल पहरी, ऋद्धि चरण श्रेष्ठ , पर्साद श्रेष्ठ, पुष्प आचार्य, बिरेन डिसी लगायत दर्जनौ कलाकारलाई रेर्ड कार्पेटमा हिडाउदै चलचित्र ‘पञ्चायत’को प्रिमिएर गरिएको छ । चितवनमा एक भब्य समारोहअको बिच गरिएको प्रिमिएरमा चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका अधिकाम्सले दिएका छन् । पत्रकार रबि अधिकारीले निर्माण गरेको यस चलचित्रले मन छोएको केहीले दर्शकले प्रतिक्रिया दिए । चितवन ब्युटी पार्लर युनिटको विशेष सहभागिता रहेको प्रिमिएरमा कलाकार पुष्प आचार्यले नेपाली पन भएको चलचित्र हेर्न पाउदा खुसि लागेको बताए । अभिनेत्री निशा अधिकारीले ‘पञ्चायत’ सुन्दर चलचित्र भएको बताइन् । चलचित्र फागुन १८ देखि देशभर एकसाथ प्रदर्शनमा आउदैछ । चलचित्र विभिन्न देशमा प्रदर्शन तयारी भइरहेको छ । गणेश गिरीको प्रस्तुतिमा शिवम् अधिकारीले निर्देशन गरेको चलचित्रका निर्मातामा शुसान्त कुमार श्रेष्ठ र शंकरप्रसास सुवेदी रहेका छन् । सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय चलचित्रमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप