शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सीजीजीसीसँग हस्ताक्षर

आइतबार, २१ जेठ २०७४, ११ : ३७
आइतबार, २१ जेठ २०७४

काठमाडौ, जेठ २१ –नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो । यही जेठ ९ गतेको मन्त्री परिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप