शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

व्यवस्थापिका संसद बैठक दिउँसो तीन बजेसम्मको लागि स्थगित

आइतबार, २१ जेठ २०७४, ११ : ५७
आइतबार, २१ जेठ २०७४
काठमाडौं, जेठ २१– व्यवस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मको लागि स्थगित भएको छ । एमालेले चितवन घटनामा निर्वाचन आयोगले दिएको निर्णयको विरोधमा संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित गरिएको हो । सो बीचमा सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले शीर्ष दलको बैठक बोलाएकी छिन् । व्यवस्थापिका संसदबाट आज प्रधानमन्त्रीको चयन गर्ने कार्यतालिका रहेको छ भने प्रधानमन्त्रीको लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एक उम्मेदवारी परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप