शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सही प्रचार नहुँदा राम्रा काम र एजेण्डा ओझेलमा

आइतबार, २१ जेठ २०७४, १२ : ०४
आइतबार, २१ जेठ २०७४
मोरङ , जेठ २१–माओबादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरंग संयोजक गोपी अछामीले सही ढंगले जनतालाई बुझाउन नसक्दा राम्रा काम र एजेण्डाहरु ओझेलमा परेको बताएका छन । माओबादी केन्द्र केरावारी गाउँपालिकाले शनिवार उम्मेदबारहरुकालागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राज्य मन्त्री समेत रहिसकेका अछामीले माओबादी पार्टी र उसको नेतृत्वले गरेको राम्रा कामहरुलाई जनतालाई बुझाउन सकेमात्रै पनि बिजय हासिल हुने बताए । माओबादी केन्द्र र सरकारकै कारण गाउँ गाउँमा करोडौ बजेट आउन सफल भएको तर त्यसलाई परिचालन गर्ने सही नेतृत्व नभएमा गाउँ गाउँमा सिँहदरबारको बिकृती झन बढेर जाने बताए । उनले जनयुद्ध, जनआन्दोलनको उपलव्धिलाई व्यवहारमा सार्थक बनाउन अब स्थानिय तहको निर्वाचनमा बिजयी हासिल गरेर नेतृत्व लिन कार्यकर्ताहरुालई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा अनेमसंघ क्रान्तिकारी एक नम्बर प्रदेश ईन्र्चाज गीता तिम्सिना, केरावारीका संयोजक राम कार्की, केरावारी गाउँपालिका अध्यक्ष हस्तबहादुर लिम्बु र उपाध्यक्ष उम्मेदबार मनमाया सुबेदीले आआफ्नो धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप