सुनसरीमा साढे चार अर्ब बजेट विनियोजन, कुन तहमा कति ?
सिजन श्रेष्ठ
सुनसरी, जेठ २०–नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि प्रस्तुत गरेको बजेटमा सुनसरीको १२ स्थानीय तहमाका लागि साढे ४ अर्ब बजेट बिनियोजन भएको छ । सुनसरीको दुई उप–महानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकाको लागि साढे चार अर्ब ५१ करोड ८२ लाख ५६ हजार बजेट बिनियोजन भएकोे हो । संघीय लोकतान्त्रीक संविधानले व्यवस्था गरे अनुसार स्थानीय तह गठन भएपछि पहिलो पटक ल्याइएको बजेट मार्फत केन्द्रीय सरकारले स्थानीय तहमै बजेट पठाएको हो । वजेटको सिलिङ्ग मात्र पठाईकोले बजेट कुन आयोजनामा विनियोजन गर्ने सो विषयमा भने स्थानीय सरकारले नै गर्ने पनि उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ का लागि व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दे उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादर महराले सबै प्रदेशका स्थानीय तहमा बजेट बिनियोजन गरेको बताएका थिए । स्थानीय तहको लागि केन्द्रीय सरकारले जम्मा सवा दुई खर्ब बजेट बिनियोज गरेको थियो । बजेटमा सुनसरीको स्थानीय तहमध्ये दुई उप–महानगरपालिकाको लागि एक अर्ब २१ करोड ६९ लाख तीन हजार बजेट छुट्याइएको छ । जसमा धरान उप–महानगरपालिकाको लागि ६२ करोड ६ लाख ४६ हजार र इटहरी उप–महानगरपालिकाको लागि ५९ करोड ६२ लाख ५६ हजार रुपैया बिनियोजन भएको छ । यसैगरी चार नगरपालिकाको लागि करिब १ अर्ब ६१ करोड बजेट केन्द्र सरकारले पठाएको छ । जसमा रामधुनी नगरपालिकालाई ३३ करोड ४२ लाख ७ हजार, इनरुवा नगरपालिकाको लागि ४१ करोड ४४ लाख १ हजार, दुहवीको लागि ३५ करोड ५३ लाख ६१ हजार र बराह नगरपालिकाको लागि ५१ करोड २१ लाख ६९ हजार गरी जम्मा १ अर्ब ६१ करोड ६२ लाख २८ हजार नगरपालिकाहरुको लागि बजेट बिनियोजन भइ आएको छ । यसैगरी ६ गाउँपालिकाको लागि एक अर्ब ६८ करोड बजेट बिनियोजन भएको छ । जसमा कोशी गाउँपालिकामा ३१ करोड २४ लाख ४३ हजार बजेट बिनियोजन भएको छ । त्यसैगरी गढी गाउँपालिकालाई २६ करोड ५५ लाख ३३ हजार, देवानगञ्जको लागि २६ करोड ५० लाख ६४ हजार, बर्जु गाउँपालिकाको लागि २४ करोड ५९ लाख १७ हजार, भोक्राहा गाउँपालिकाको लागि २८ करोड २८ लाख २० हजार, र हरिनगरा गाउँपालिकाको लागि ३१ करोड ३३ लाख ४८ हजार गरी जम्मा एक अर्ब ६८ करोड ५१ लाख २५ हजार बजेट बिनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण