निर्वाचन आयोगको निर्णयमा सरकारको कुनै हस्तक्षेप छैनः कानुनमन्त्री
आइतबार, २१ जेठ २०७४, १२ : १७
भक्तपुर, जेठ २१–कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा आयोगले गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नरहेको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचन आयोगले कानुन बमोजिम गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नभएको बताएका हुन् ।
भरतपुको विषयलाई माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित पारेको बताउँदै उनले भने, ‘निर्वाचन आयोगजस्तो स्वतन्त्र संवैधानिक आयोगको विषयमा सरकार वा कोही कसैले हस्तक्षेप गर्ने कुरा हुँदैन र मिल्दैन, भरतपुरको विषयमा सरकारको तर्फबाट आयोगमाथि कुनै हस्तक्षेप छैन ।’
उनले निर्वाचन आयोगमाथि नै हस्तक्षेप गर्दै प्रतिपक्ष दल एमालेले संसद अबरुद्ध लगायतका गतिविधी अघि बढाउनु सकारात्मक नभएको बताए ।
आयोगले गरेको निर्णय सबै दलले स्वीकार्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नबुझिने गरी मतपत्र च्यातिएपछि पुन मतदान गर्ने विषय कानुनमै उल्लेख भएको विषय हो, विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुन मतदान गरिएका उदाहरण हामीसँग छ, अहिले एमालेले यो घटनालाई अतिरञ्जित गर्न आवश्यक छैन ।’
मन्त्री नायकले आयोगले निर्णय गरिसकेको भरतपुरको घटनालाई लिएर नयाँ बुहमतिय सरकार गठनका बिषयमा एमालेले संसद अबरुद्ध गर्नु र पधानमन्त्री चयन प्रक्रिया प्रभावित बनाउन खोज्नु ठिक नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण