शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारलाई समर्थन गर्ने/नगर्नेमा राजपा अनिर्णित

आइतबार, २१ जेठ २०७४, १२ : २२
आइतबार, २१ जेठ २०७४
काठमाडौ, जेठ २१ –राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने बारेमा अझै टुंगो लगाउन सकेको छैन । आईतबार बिहान ९ बजे देखि बिजुलीबजारस्थित पार्टीको सम्पर्क कार्यालयमा जारी बैठक सरकारकै विषयमा टुंगोमा पुग्न नसक्दा लम्बिएको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच नै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेमा मत भिन्नता देखिएपछि यो विषयमा टुंगो लगाउन समस्या देखिएको हो । बैठकमा शरदसिंह भण्डारी लगायतका नेताले प्राप्त उपलब्धिलाई संरक्षण र स्वीकार गर्दै थप प्रयास गर्नका लागि सरकारलाई समर्थन गरेर अघि बढ्न सुझाएका छन् । तर राजेन्द्र महतो, राजकिशोर यादव लगायतले भने आफ्ना माग र मुद्धामा ठोस प्रतिवद्धता नआएसम्म सरकारलाई समर्थन गर्न आत्तिनु हुदैन भन्ने तर्क राख्दै विपक्षमा बस्ने तर्क गरेका छन् । विगतका सरकारले पनि सहमति गर्ने तर माग पुरा नगर्ने गरेको भन्दै उनीहरुले माग सम्बोधनमा ठोस प्रतिवद्धता आउनुपर्ने अडान लिएका हुन् । पार्र्टीभित्र सरकारलाई समर्थन गर्ने र नगर्ने धारणा बराबर भएपनि राजपाले त्यसबारे निर्णय लिन नसकेको हो । सरकारको समर्थन गर्ने नगर्ने भन्ने विषयको निर्णय गर्नका लागि राजपाको बैठक अहिले पनि जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप