शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शर्मालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

आइतबार, २१ जेठ २०७४, १२ : ३०
आइतबार, २१ जेठ २०७४

काठमाडौं, जेठ २१–अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा प्रक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले  ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेषले शर्मालाई नियन्त्रणमा लिएको दिन देखि लागु हुने गरी सात दिनको समय थुनामा राख्न अनुमति दिएको हो । आयोगले भने थप अनुसन्धानका लागि ३० दिन थुनामा राख्ने गरि म्याद दिन आग्रह सहितको निवेदन गरेको थियो । अनुसन्धान अघि बढाउनका लागि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको विशेष अदालतका रजिष्ट्रार भीम कुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबार भ्रष्टाचारको अभियोगमा पक्राउ परेका शर्मालाई म्याद थपको लागि आज अदालत लगिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको हो ।

अदालत परिसरमा सुरक्षा घेरा भित्रै बाट विभागका महानिर्देशक शर्माले आफुले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफुमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए ।

कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप