एफएनसीसीआईको ३ नम्वर प्रदेश अध्यक्षमा दिनेश श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रदेश नम्वर –३, को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्वर –३, को हालै सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको एफएनसीसीआईले जनाएको छ । प्रदेश नम्वर–३, को उपाध्यक्षमा राजन गौतम र कृष्णप्रसाद अवो निर्वाचित भएका छन् । सदस्यहरुमा गुणराज श्रेष्ठ, मञ्जु कोजु श्रेष्ठ, पशुपति खड्का, प्रकाश मानन्धर, विजय श्रेष्ठ, सविन श्रेष्ठ, खडानन्द त्रिपाी, विदुर पराजुली र सुन्दर कार्की चयन भएका छन् ।
अध्यक्षमा चयन भएका श्रेष्ठ केही समय अघि भएको महासंघको ५१ औं साधारणसभामा जिल्ला तथा नगरको उपाध्यक्षमा पराजित भएका थिए ।
अघिल्लो कार्यकालमा वस्तुगत उपाध्यक्ष रहेका उनी यो पटक महासंघको उपाध्यक्ष पराजित भएका भएपनि प्रदेशको उपाध्यक्षमा भने निर्विरोध निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण