क्रसरको लापरबाहीले मृत्यु भएको आरोप
बनेपा, २१ जेठ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण डुबेर मृत्यु भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने ।
उनले जथाभाबी ढुङ्गा र गिट्टी निकालेर प्रकृतिको दोहन भएको र त्यसले पहिराको जोखिमसमेत बढेको बताए । नदीजन्य पदार्थ झिकेका कारण नदी गहिरो भएको र त्यसले आसपासको जमिनलाई पनि प्रभावित गर्दा पहिरो गएको पराजुलीको भनाइ छ ।
काभ्रेपलाञ्चोकको प्रजिअ शिवप्रसाद सिंखडाले क्रसर उद्योग सिन्धुपाल्चोक जिल्लाको भएको र मृत्युको घटना काभ्रेपलाञ्चोकमा भएको उल्लेख गर्दै वास्तविकताको छानबिन गरिने बताए ।
उनले ढुङगा र गिट्टी झिक्ने कामको छानबिनपछि तथ्य बाहिर आउने विश्वास व्यक्त गरे । भूम्लु गाउँपालिका– ९ का पराजुलीको शनिबार इन्द्रवती नदीमा डुबेर मृत्यु भएको थियो । स्थानीयवासीले त्यहाँ प्रयोग भएका क्रसर उद्योगको इजाजतपत्र पनि नभएको आरोप लगाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण