संसद बैठक स्थगित भएपछि देउवाले भने, ‘एमालेसँग कुरा मिलिसकेको छैन’
काठमाडौं, जेठ २१–नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले सबै दलसँग सहमति गरेर अघि बढ्न आफू प्रयासरत रहेको बताएका छन् ।
सभापति देउवाले एमालेसँग अझै कुरा नमिलेकाले प्रधानमन्त्री निर्वाचन चयन प्रक्रिया अपरान्ह ३ बजेसम्म स्थगित गर्नु परेको पनि स्पष्ट पारे । उनले सहमतिमा प्रधानमन्त्री चयनका लागि आफूले सबै दलसँग छलफल गरिरहेको जानकारी पनि िदए ।
आईतबार ११ बजेका लागि तय गरिएको प्रधानमन्त्री निर्वाचन कार्यतालिका ४ घण्टापछि सरेपछि संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले दुई बजे शीर्ष तहमा हुने छलफलमा सहमति जुटने विश्वास पनि व्यक्त गरे ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान पुन गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष एमाले झनै आक्रोशित भएको छ ।
एमालेले भरतपुर महानगरपालिकामा पुन मतगणना नभएसम्म संसद चल्न नदिने अडान लिएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका प्रभािवत भएको हो । प्रधानमन्त्रीका लागि काँग्रेस सभापति देउवाको मात्रै उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण