भरतपुर प्रकरण नयाँ मोडमा, एमालेद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौ, जेठ २१ – नेकपा एमालेले चितवनस्थित भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेको छ । १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज रिट दर्ता गराएका हुन् ।
विक र पाण्डेको रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । त्यस्तै च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरिएको छ ।
रिटमाथि सोमबारलाई पेशी तोकिएको छ भने निर्वाचन आयोगको निर्णय गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षको योजनामा आधारमा तयार पारिएको दाबी गरिएको छ ।
गत जेठ १४ गते राती मतगणनका क्रममा मतपत्र च्याताच्यात भएपछि आयोगले शनिबार भरतपुर बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो । एमाले सर्वोच्च पुगेसँगै भरतपुर प्रकरण थप नयाँ मोडमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण