सिंहदरबारको अधिकार गाँउमा स्थापित गर्ने बर्दघाटकी सीमाको सपना
‘म विहान उठेदेखि राती नसुतेसम्म चुनावको चटारोमा हुन्छु । कहिले घरदैलोमा व्यस्त त कहिले मतदाताको कुरा सुन्नु मेरो पहिलो काम भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयरकी उम्मेदार बनेकी सीमा गिरीले भनिन् ‘उम्मेदवारी घोषणासँगै मेरो दिनचर्या र दैनिकी फेरिएको छ । घरका सदस्यहरु राजनीति गर्ने भएकाले पनि आफुलाई राजनीतिप्रति चासो बढ्दै जाँदा आज माओवादीले आफुलाई उम्मेदवार बनाएको उनको बुझाई छ ।
भन्छिन् ‘राजनीति भाषणमा होइन जनताको जिवनसँग गाँस्नुपर्छ । विचार जनताको जीवनमा परिवर्तन ल्याउने हुनुपर्छ । जीवन परिवर्तन गर्न नसक्ने राजनीति केवल गफ गर्ने थलो मात्र हो ।’ संविधानले व्यवस्था गरेको कुरा लागु गर्न अहिले राजनीतिक दलहरुमा होडबाजी नै छ । कयौ राजनीतिक दलहरुले त संविधानमा व्यवस्था भएका कारण मात्र महिलालाई उम्मेदार बनाएका उनको बुझाइ छ ।
नगरपालिकामा मात्र होइन पुरा जिल्लामा नै समाज सेवामा अग्रस्थानमा छ उनको नाम । महिला हक हित र अन्याय अत्याचारमा परेकाहरुको आफुलाई सधै उभ्याउने उनको अठाट छ । यहि अठोट र कामले गर्दा जिल्लामा समाजसेविको रुपमा समेत सिमा परिचित छन् ।
राजनीतिविना समाज परिवर्तन सम्भव छैन भन्ने उनको बुझाई छ । त्यहि भएर उनी विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा सक्रिय भएर लागिन् । गणतन्त्र स्थापना पछि स्थानीय शान्ति समितिको सदस्य भएर अहिलेसम्म निरन्तर खटिरहेकी सिमा समितिमा काम गर्दाको अनुभवले पनि राजनीतिमा अघि बढ्न थप सजिलो भएको बताउँछिन् । ‘ द्धन्द्धपछि कसरी एकता गर्नुपर्छ, कसरी विभाजित मनहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ भन्नेकुरा बुझेको छु । झन स्थानीय तहमा जिम्मेवारी लिएर बाँकि रहेका कामहरु पुरा गर्नुत छदैछ ।
अझै पनि समाजमा द्धन्द्धको व्यापार गर्नेहरु धेरै छन् ।’ उनी भन्छिन् –‘त्यहि भएर सबैसंग बोल्दा हसिलो भएर बोल्ने । कसैसंग झगडा नगर्ने । बरु काममा बढी ध्यान दिने गर्छु । त्यहि भएर होला सबैले मकहाँ काम लिएर आउँछन् । म पनि सकेजति काम गरिदिन्छु ।’ उनको यहि काम गर्ने बानीका कारण आफु अन्य प्रत्यासीलाई पछि पार्दै आफु जित्नेमा ढुक्क छन् । उनले नगरपालिकालाई नयाँ तरिकाले अगाडि बढाउने योजना पनि बनाएकी छन् । नगरपालिका वास्तविक जनप्रतिनिधि भएको संस्था बनाउने, अन्याय परेकालाई न्याय पाउन विश्वस्त बनाउने जस्ता अधिकार नागरिकले प्रत्यक्ष महसुस हुनेगरी सेवा दिने उनको योजना छ ।
बाटाघाटो, सुकुम्बासी बस्तीको व्यवसथापन, सिचाइ, खानेपानी र नगर बस चलाउने पनि उनका चुनावी एजेण्डा छन् । निर्वाचनपछि स्थानीय तहले पाएका अधिकार जनताको जिवनमा लागु गर्न सकेमात्र संविधानको सार्थक कार्यन्वयन हुने उनको भनाइ छ ।
उनी अहिलेपनि नगरबासीलाई नचाहिने आश्वसन भन्दा पनि सकिने र आफुले गर्ने कामहरुमात्र गर्छु भनेर भनिरहेकी छन् । उनी भन्छिन् – गर्न नसक्ने आश्वसन मतदातालाई मैले दिएकी छैन । अहिलेको प्रमुख काम भनेको सिंहदरबारको अधिकार गाँउ गाँउमा स्थापित गर्नु नै हो । यो काम नै मेरो पहिलो प्राथमिकतामा छ । त्यो भनेको स्थानीयबासीहरुलाई अधिकार सम्पन्न बनाउने हो । अधिकार सम्पन्न नगरपालिका र समृद्ध नगरपालिका मेरो सपना हो ।’
कृष्ण गिरीसँगको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण