शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेलाई पेलेर अघि बढ्न खोज्दा निर्वाचन कार्यतालिका प्रभावित भयोः एमाले

आइतबार, २१ जेठ २०७४, १३ : ४३
आइतबार, २१ जेठ २०७४

काठमाडौं, जेठ २१– प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्तापक्षले पेलेरै जान खोजेकाले प्रधानमन्त्री निर्वाचन कार्यतालिका प्रभावित भएको आरोप लगाएको छ । एमाले नेता गंगालाल तुलाधरले सत्तापक्षले जबरजस्ती गरिरहे संसद बैठक चल्न नदिने आफ्नो पार्टीको अडान यथावत रहेको पनि स्पष्ट पारे । आईतबार विहान ११ बजेका लागि तय गरिएको प्रधानमन्त्रीको निर्वाचन स्थगित भएलगत्तै संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उनले प्रमुख तीन दलबीच सहमति नभई संसद बैठक चल्न नदिने अडान राखे । एमालेले भरतपुर महानगरपालिकामा पुन मतगणना गर्न माग गर्दै संसद बैठक अवरुद्ध पार्दैै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय सत्तापक्षको दवावमा आएको एमालेले दावी गर्दै आएको छ ।

एमालेले संसद बैठक सुचारु नगराई प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन पनि माग गर्दै आएको थियो । प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप