शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शैक्षिक मेला सम्पन्न

आइतबार, २१ जेठ २०७४, १३ : ५२
आइतबार, २१ जेठ २०७४

हेटौँडा, जेठ २१–अभियान मल्टिमिडियाको आयोजनामा हेटौँडामा भएको शैक्षिक मेलाको करिब ५ हजार विद्यार्थीले अवलोकन गरेका छन् ।

दुईदिन (जेठ १९ र २०) सम्म चलेको मेलाको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत गरेका थिए । मेलाले हेटौडालाई शैक्षिक गन्तव्यका रुपमा पहिचान स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाले बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय सचिव देविदाश भट्टराईले आफूहरुले नेपाली शिक्षाको पनि प्रचार गरेको बताए ।

अभियान मल्टिमीडियाका अध्यक्ष मीन अधिकारीले मेलामा हेटौडामा संचालित कलेजहरु तथा हेटौडा र काठमाण्डौका कन्सल्टेन्सी गरी गरी करिब ५० वटा शिक्षण संस्थाको सहभागिता रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप