उपत्यकामा थप ३४ करोड लिटर पानी आउने निश्चितः मन्त्री शाही
आइतबार, २१ जेठ २०७४, १३ : ५६
काठमाडौं, जेठ २१ – खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी ल्याउने निश्चित भएको बताएका छन् ।
आइतबार मन्त्रालयमा केहि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शाहीले मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले यांग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका हुन् ।
मन्त्री शाहीले भने ‘मेलम्चीको १७ करोड लिटर पानीले मात्र काठमाडौंको माग धान्न सक्दैन, त्यसैले यांग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढिसकेको छ्र आगामी तीन वर्ष भित्रमा मेलम्चीको पानीमा थप ३४ करोड लिटर पानी थपिन्छ जसले राजधानीवासीलाई ठूलो राहत पुग्छ ।’
उक्त आयोजनाका लागि ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । शाहीले अहिले मेलम्चीको दैनिक सरदार १९ मिटरका दरले टनेल निर्माणको काम भैरहेको भन्दै त्यसको गति बढाउन थप उपकरण झिकाइएको पनि बताए । उनले साढे २७ किलोमिटरमा अब लगभग ३ किलोमिटर मात्र सुरुङ निर्माण गर्न बाँकि रहेको बताए । मन्त्री शाहीले पर्यटन मन्त्रीको हैसियतमा सम्पादन गरेका महत्त्वपूर्ण कामहरुको पनि विवरण प्रस्तुत गरे ।
सो अवसरमा ३१ वर्ष देखि अड्किएर बसेको कालिकोटको सुन्थराली कोटवाडा विमानस्थलमा संचालनदेखि १७ वर्ष देखि अलपत्र परेको सुनसरीको धरान विमानस्थल निर्माण कार्य सुरु गर्न सफल भएको मन्त्री शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण