गगन थापाको दावी : छोटो समयमा दीर्घकालिन महत्व राख्ने काम गरेँ
काठमाडौ, जेठ २१ – स्वास्थ्यमन्त्री गगन थापाले छोटो समयमा पनि आफूले स्वास्थ्यको क्षेत्रमा दीर्घकालिन महत्व राख्ने निर्णय गर्न सफल भएको बताएका छन् । आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले नयाँ संविधान अनुसार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्थाको अभावमा पनि आफुले छोटो समयमै स्वाथ्य क्षेत्रमा महत्वपुर्ण निर्णय गर्न सफल भएको दाबी गरेका हुन् ।
निशुल्क वितरण गरिने औषधि घोषणा भएपनि दुई बर्षदेखि खरिद नभएको , जनशक्ति अभाव लगायत कारणले सबै प्राथमिक स्वास्थ्य चौकिमा चिकित्सक नरहेको, स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण र अनुमति नलिएको जस्ता थुप्रै नितिगत चुनौतिकाबीच आफुले स्वास्थ्य सेवामा व्यापक सुधार ल्याएको दाबी मन्त्री थापाको थियो ।
मन्त्री थापाले मृगौला प्रत्यारोपण, बाथ मुटुरोग उपचार र सल्यक्रिया, डायलेसिस सेवा निशुल्क बनाउनु लाई उल्लेख्य कामका रुपमा लिएको पनि बताएका छन् ।
त्यसैगरी सातै प्रदेशमा हृदयरोग विारण सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नेपालगञ्ज र जनकपुरमा सेवा सुरु गर्ने सम्झौता भएको,नेपालगञ्जमा क्यान्सर उपचार सेवा विस्तार गर्न सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरिएको, सिकलसेल एनिमियको परीक्षण तथा उपचार सेवा प्रारम्भ भएको , महिलाको पाठेघर मुखको क्यान्सर भि आई ए टेस्ट स्क्रिनिङ सबै जिल्लामा निःशुल्क उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको , मानव अंग प्रत्यारोपण नियमावली संसोधन भई कलेजो प्रत्यारोपणको सेवा प्रारम्भ भएको , मेरो बर्षः म स्वस्थ्य, मेरो देश स्वास्थ्य अभियान, मदिरा नियन्त्रण निति लगायतमा भएका कामकारवाहीको फेयरिस्त पनि मन्त्री थापाले पत्रकार सम्मेलनमा बताए ।
अस्पतालको स्वास्थ्य सेवा विस्तार अन्र्तगत सबै अस्पताले आफ्नै औषधी पसलको व्यवस्था गर्नुपर्ने बाध्यकारी व्यवस्था ६१ वटा अस्पतालमा लागु भईसकेको भन्दै उनले छिट्ै मुलुकभर कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
९ महिने कार्यकालको प्रगती विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा मन्त्री थापाले विवादास्पद बनेको औषधी आयातमा लगाएको प्रतिबन्धको निर्णय सही भएको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण