एमाले गैरजिम्मेवार बनेको कांग्रेसका भातृ संगठनको आरोप
तकाठमाडौ, जेठ २१ – नेपाली कांग्रेसका ६ वटा भातृ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भरतपूर महानगरपालिकाको बिषयलाई लिएर नेकपा एमालेले संसद अवरोध गर्नु र सडकमा नारा लगाउन गलत भएको टिप्पणी गरेका छन् । कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघ, प्रेश युनियन,शिक्षक, किसान र डेमोक्र्याटिक लयर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘ एमालेजस्तो जिम्मेवार पार्टीले निर्वाचन आयोगको स्वायत्ततामा राजनीतिक हस्तक्षेप गर्नु र अधिकारलाई विवादित पार्नु तथा एक स्वतन्त्र संवैधानिक अंगले गरेको निर्णयलाई लिएर सरकार गठन जस्तो संवेदनशील विषयलगायतका अन्य महत्वपूर्ण राष्ट्रिय विषयहरू समेत प्रभावित हुने गरि संसदका काम कारवाहीहरू अवरोध गर्नु र आफ्नो पार्टी एवं भातृ संघ संगठनमार्फत संवैधानिक अंगलाई सडक र सदन आन्दोलनमार्फत विवादित बनाउने काम असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक, अशोभनीय र निन्दनीय छ ।’ त्यस्तै जारी विज्ञप्तिमा सार्वभौम संविधानसभाबाट दलहरूका बीच लामो प्रयासपछिको अधिकतम् सहमतिका आधारमा जारी गरिएको नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका संवैधानिक अंगहरूले स्वतन्त्र रूपमा आ–आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न पाउनु पर्दछ भन्ने कुरामा कुनै द्विविधा नभएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण